सत्तापक्षकै असन्तुष्ट सांसद भन्छन् 'चाहिन्न चार करोड
सरकारले संसद्मा प्रस्तुत गरेको बजेटका केही प्रावधानले आफूहरूको अपमान गरेको भन्दै सत्तापक्षकै कतिपय सांसदले आक्रोश व्यक्त गरेका छन्।
संसद्मा बिहीवारबाट आरम्भ भएको बजेटबारेको छलफलमा बोल्दै उनीहरूले विगतको निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रममा परिवर्तन गरेर ल्याइएको नयाँ व्यवस्थाप्रति असन्तुष्टि जनाएका हुन्।
१३ खर्ब १५ अर्ब रुपैयाँको बजेट प्रस्तुत
तलब बढेन, आयकरमा फेरबदल
प्रदेशहरू बजेटप्रति निकै असन्तुष्ट
सांसदले छनोट गर्ने योजनामा दुइटा शीर्षकमा प्रत्येक निर्वाचन क्षेत्रका निम्ति छुट्ट्याउने गरिएको साढे तीन करोड रुपैयाँलाई बढाएर चार करोड पुर्याइए पनि शीर्षक र मापदण्ड परिवर्तन गरिएको छ।
निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम र निर्वाचन क्षेत्र विकास कार्यक्रमको बजेट १० करोड पुर्याउन सांसदहरूको दबाब थियो।
तर बजेट विनियोजन गर्दा अर्थमन्त्री युवराज खतिवडाले संघीय सांसद, प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिको समन्वय र सहजिकरमा योजनाको छनोट र अनुगमन हुने गर्ने प्रावधान राखेर प्रत्येक निर्वाचन क्षेत्रमा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको निम्ति ४ करोड विनियोजन गरेका छन्।
'हामीलाई चाहिन्न'
नेपाल कम्युनिस्ट पार्टीका सांसद गजेन्द्र महतले भने, "हामी साह्रै अपमानित भएका छौँ। वडा अध्यक्ष, वडा सदस्य राखेर विनियोजित गर्नु रे! हामीलाई बाँधेर राख्न पाइन्छ? हामीलाई अपमानित गर्न पाइन्छ? चाहिएको छैन हामीलाई त्यो चार करोड।"
तस्वीर कपीराइटRSS
नेकपाकै सांसद टेकबहादुर बस्नेतले सरकारले सांसदहरूलाई अविश्वास गरेको धारणा राखे।
No comments:
Post a Comment