खेलकुद

                     नेपाल टिम रिकर्भ फाइनलमा

काठमाडौँ — इस्लामिक सोलिडारिटी स्पोर्ट्स फाउन्डेसन (आईएसएसएफ) को आयोजनामा बंगलादेशमा भइरहेको दोस्रो आईएसएसएफ अन्तर्राष्ट्रिय सोलिडारिटी आर्चरी च्याम्पियनसिपअन्तर्गत नेपाल टिम रिकर्भ पुरुषको फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार साउदी अरेबियालाई सुटआउटमा २७–२५ ले पराजित गर्दै नेपालले उपाधि भिडन्त पक्का गरेको हो । निर्धारित सेटमा दुवै टोली ४–४ को बराबरीमा रहेपछि खेलको निर्णय सुटआउटबाट भएको थियो । नेपाली टोलीमा रोशन नगरकोटी, तिलक पुनमगर र असीम शेरचन रहेका छन् । नेपालले बुधबार हुने फाइनल खेलमा आयोजक बंगलादेशको सामना गर्नेछ ।
२० राष्ट्रको सहभागिता रहेको प्रतियोगितामा नेपालका ९ आर्चरहरूले सहभागिता जनाएका छन् । नेपाल प्रतियोगिताको आमन्त्रित टोली हो । नेपालले टिम रिकर्भबाहेक कम्पाउन्ड पुरुष र कम्पाउन्ड महिला स्पर्धामा पनि भाग लिएको छ । कम्पाउन्ड पुरुषमा होमबहादुर थापामगर, रमेश भट्टचन र खुमबहादुर कुमाल छन् भने महिलामा रश्मी दर्लामी, प्रसादा आचार्य र मोनिका रानामगर रहेका छन् ।

  

             आइपिएलमा पञ्जाबमाथि राजस्थानको जित

         मङ्लबार, बैशाख २५, २०७५


जयपुर (एजेन्सी)– राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा मंगलबार तेस्रो स्थानको किङ्स ११ पञ्जाबलाई १५ रनले हराएको छ । जितसँगै राजस्थान अंकतालिकाको पुछारबाट छैटौं स्थानमा उक्लेको छ । राजस्थानको ८ अंक पुगेको छ भने पञ्जाबको १२ अंक छ ।
शीर्षस्थानको सनराइजर्स हैदराबादको १६ र दोस्रो स्थानको चेन्नई सुपर किङ्सको १४ अंक छ । १ सय ५९ रनको लक्ष्य पछ्याएको पञ्जाबले ७ विकेटको क्षतिमा १ सय ४३ रनमात्र जोडेपछि टोलीले आइपिएलमा चौथो हार बेहोरेको छ । टोलीका लागि लोकेश राहुलबाहेक कुनै पनि ब्याट्सम्यानले उच्च प्रदर्शन गर्न सकेनन् ।
७० बल खेलेका राहुलले ११ चौका र २ छक्काका सात ९५ रन बनाए । मार्केस स्टुनिसले ११ रन जोडे भने बाँकी कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । राजस्थानका कृष्नप्पा गोथमले २, जोफ्रा आर्चेर, जयदेश उन्ड्कट, बेन स्कोक्स र इश सोढीले समान १ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको राजस्थानले जोस बट्लरको अर्धशतकसँगै निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५८ रन बनाएको थियो । बट्लरले ५८ बलमा ९ चौका र १ छक्कासहित ८२ रनको महत्वपूर्ण योगदान गरेका थिए ।
सञ्जु सामसनले २२, बेन स्टोक्सले १४ र स्टुआर्ट बिन्नीले ११ रन जोडे भने बाँकी हुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।पञ्जाबका एन्ड्रीयू टाईले ४ ओभरमा ३४ रन खर्चेर ४ तथा मुबि उर रहमानले २ र मार्कुस स्टोनिसले १ विकेट लिएका थिए ।
आइपिएलमा बुधबार मुम्बई इन्डियन्स र कोलकाता नाइट राइजर्सबीच प्रतिस्पर्धा हुनेछ । ८ टोलीको सहभागिता रहेको आइपिएलमा १० अंकसहित कोलकाता चौथो र ८ अंक जोडेको मुम्बई पाँचौं स्थानमा छ ।

No comments:

Post a Comment